घाँस काट्ने क्रममा लडेर कलाकार घिमिरे घाइते

लोकपथ
0
Shares

काठमाडौं । घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । कलाकार घिमिरे पोखरा नदीपुरमा घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘उहाँको घर नदीपुर रहेछ । घाँस काट्न गएको बेला लड्नु भएको रहेछ । अहिले उपचार भइरहेको छ । अवस्था अल्ली जटिल नै छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।

घाइते भएका घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?