नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी अब चितवनमा पनि

लोकपथ
77
Shares

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले चितवनको पारस बस र्पाक चोकमा एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन,एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’ ) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।

काठमाडौंमा, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक शोरूम बनेको छ ।

नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शशोरुमको उद्घाटनमा इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट-अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरुका उपस्थितीमा भएको थियो ।

इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

“हामी स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । हामी विश्वस्त छौं कि एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ र यसले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्च स्तरको प्रदर्शनको संयोजन गर्ने कुरामा हामि विश्वस्त छौं ।”
उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?