गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्प सिल

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्ने क्रममा गैरीगाउँको पेट्रोल पम्प सिल गरेको छ । सरकारी टोलीले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेका हो ।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले उपत्यकाका पम्पहरुमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा सो पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको जनाइएको छ ।

यसअघि सो टोलीले नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?