पहिलो मदन पुरस्कार विजेता नेपालीको निधन

लोकपथ
210
Shares

काठमाडौं । इतिहासकार एवं प्रथम मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको उमेरमा निधन भएको छ।

नेपालीको उपचारको क्रममा मंगलबार ९२ वर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित नेपालीलाई स्वास्थ्यमा थप जटिलता थपिएपछि अस्पताल पुर्याइएको थियो ।

२०१३ सालमा उनले सामाजिक शास्त्र विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।

नेपालीको वास्तविक नाम नारायणप्रसाद राजभण्डारी भए पनि राणाविरोधी आन्दोलनका क्रममा उनले आफ्नो नाम फेरेका थिए ।

नेपालीले इतिहास, संस्कृति, पुरातत्त्वमा स्नातकोत्तर गरेका थिए ।

वि.सं. २०१३ सालमा पहिलो पटक प्रदान गरिएको मदन पुरस्कार सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशीले पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?