इनड्राइभले १५औँ काठमाडौं म्याराथनको विजेतालाई प्रदान गर्यो इभी स्कुटर

लोकपथ
98
Shares

काठमाडौं । इनड्राइभ वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो ।

इनड्राइभले सोमबार आयोजित १५औँ काठमाडौं म्याराथनमा फुल म्याराथन दौडने विजेता होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ ।

काठमाडौं म्याराथन एक प्रतिष्ठित कार्यक्रम जसले नेपालभरका खेलाडीहरू र उत्साहीहरूलाई एकैसाथ ल्याउँछ । यो लगनशीलता, समर्पण र स्वस्थ र दिगो जीवनशैलीको लागि प्रतिबद्धताको मूर्त रूप हो । एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो । यस वर्ष इनड्राइभले यस प्रतिष्ठित कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको थियो । म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्यो र ६०० सहभागीहरूलाई आकर्षित ग¥यो जसले तीन महिनासम्म सँगै तालिम लिएका थिए ।

यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राखको छ । यसका साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो । यो पहल, इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो ।

यो कार्यक्रम स्वास्थ्य र स्वस्थतालाई सहयोग गर्ने हाम्रो कम्पनीको मूल्यहरूसँग पूर्णरूपमा मेल खान्छ ।

इनड्राइभको हेड अफ स्पोट्स अन्ना फेडोरचकले यस कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘आज तपाईंहरूको अगाडि उभिन पाउँदा र अविश्वसनीय रुपमा काठमाडौं म्याराथनमा सहभागी हुन पाएकोमा म साँच्चै खुसी छु । यस कार्यक्रमले मेरो हृदयमा विशेष स्थान राखेको छ । काठमाडौं म्याराथन खेलकुद प्रतियोगिता मात्र नभई, यो खेलाडीबीचको मानवीय दृढता, भावना र एकताको उत्सव हो । यसले सबै सीमाना पार गर्दै, जीवनका सबै क्षेत्रका व्यक्तिहरूलाई एकताबद्ध गर्छ, र खेलकुदको शक्ति प्रदर्शन गर्छ ।’

फुल म्याराथन दौडिएका १५ औँ काठमाडौं म्याराथनका विजेता होमनाथ श्रेष्ठले भने, ‘म यो म्याराथनमा भाग लिई बिजेता हुन पहुदा खुसि छु साथै ईभी स्कुटरको लागि इनड्राइभलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

अक्टोबर १२ र १३ मा आयोजना गरिएको स्पोर्ट्स फेयर खेलकुद उद्योगको पहिलो एक्स्पो हो, जुन सबै उमेर समूहका खेलप्रेमीका लागि रोमाञ्चक अनुभव थियो । यो एउटा प्लेटफर्म थियो जहाँ खेलकुद उत्साहीले उपकरण, स्पोर्ट्स गियर, क्लोदिङ्ग, कुनै पनि खेलकुदको जानकारी, र खेलसँग सम्बन्धित कुनै पनि कुरा फेला पार्न सक्छन् ।

यो सबै खेल प्रेमीहरूको लागि उत्कृष्ट अवसर रहेको थियो । इनड्राइभ र योरपेस कार्यक्रमको स्टलमा, सबैले दौडने प्रयास गर्न सक्छन् र प्रशिक्षणको लागि साइन अप गर्न सक्छन्, साथै लटरीमा भाग लिए र धेरै उत्कृष्ट पुरस्कारहरू प्राप्त गर्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?