काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्रिक्रिया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ । यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले झण्डै आधा दर्जन कार्यक्रमहरु गरेको छ ।
कम्पनीका अनुसार असोज १६ गते गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतलीमा पुँजी बजार साक्षरता कार्यक्रम, असोज १७ गते चावहिलको सेन्टल लरेन्स कलेमा पुँजी बजार साक्षरता कार्यक्रम, असोज १८ गते पञ्चकन्या ग्रुप ललितुरमा शेयर बजार अन्र्तक्रिया तथा सचेतना कार्यक्रम र असोज १९ गते स्याङजा जिल्ला उद्योग बाँणिज्य संघ स्याङजाको पुतलीबजारमा पुँजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्रिक्रिया कार्यक्रमहरु सम्पन्न गरेको हो ।
विश्व लगानी कर्ता सप्ताह-२०२३ एक हप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पुँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया