लुम्बिनी प्रदेशका एक लाख ३६ हजार युवा वैदेशिक रोजगारीका लागि विदेशमा

लोकपथ
77
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका एक लाख भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको लुम्विनी प्रदेशमा बैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव सम्वन्धी अध्ययन प्रतिवेदन अनुसार उक्त प्रदेशका एक लाख ३६ हजार नौं सय ८४ जना युवाहरु बैदेशिक रोजगारीका क्रममा बिदेशमा रहेको देखिएको हो ।

प्रतिवेदन अनुसार सरकारले वैदेशिक रोजगारीका लागि खुला गरेका देशहरुमा विगत १० वर्षमा श्रम स्वीकृति लिएर जाने नेपाली श्रमिकहरुको सङ्ख्या आर्थिक वर्ष २०७०-७१ मा गतवर्षको तुलनामा १५ दशमलव २५ प्रतिशतले वृद्धि भई पाँच लाख १९ हजार छ सय ३८ जना रहेकोमा आर्थिक वर्ष २०७९-८० मा गतवर्षको तुलनामा २२ दशमलव ४२ प्रतिशतले वृद्धि भई सात लाख ७१ हजार तीन सय २७ जना पुगेको देखिन्छ ।

आर्थिक वर्ष २०७०-७१ पछिका अधिकांश वर्षहरुमा वैदेशिक रोजगारीको वृद्धिदर घटेको देखिन्छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीका लागि विगत १० वर्षमा श्रम स्वीकृति लिएर जाने नेपाली श्रमिकहरुको सङ्ख्या आर्थिक वर्ष २०७०-७१ मा गतवर्षको तुलनामा चार दशमलव ६४ प्रतिशतले ह्रास भई ७६ हजार २५ जना रहेकामा त्यसपछिका प्रत्येक वर्षहरुमा वैदेशिक रोजगारीको वृद्धिदर घटेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड—१९को माहामारीका कारण विभिन्न देशहरुमा रोजगारीमा रहेका नेपालीहरु स्वदेश फिर्ता भएका तथा उक्त अवधिमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएकाले सोको प्रभाव न्यून भएसँगै पछिल्ला वर्षमा श्रम भिसा अवधि बाँकी रहेका तथा नयाँ कामदारहरु समेत वैदेशिक रोजगारीमा गएकाले सो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हुन सक्ने देखिन्छ, प्रतिवेदनमा भनिएको छ । सो सङ्ख्या आर्थिक वर्ष २०७९-८० मा एक लाख ३६ हजार नौं सय ८४ जना पुगेको देखिन्छ । यस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका श्रमिकको प्रदेशगत औसत अंश १५ दशमलव ६४ प्रतिशत रहेको रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?