काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहले कुनैपनि सांसदका छोराछोरी विदेशमा अध्ययन गर्न जान नपाउने कुरा विद्यालय शिक्षा विधेयकमै लेखिनुपर्ने माग राखेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शाहीले उक्त धारणा राखेका हुन् ।
यसरी सांसदका छोराछोरीलाई अध्ययनका नाममा विदेश जानबाट रोक्ने हो भने देशको शिक्षामा सुधार गर्न केही बल मिल्ने उनले बताए । ‘हाम्रोमा जन्मिदै दुईवटा शिक्षा नीति छ, पैसावालाहरु महंगोमा पढ्ने गरिबहरु निलो ड्रेस लगाउने यो कहिलेसम्म ?,’ सांसद शाहीको प्रश्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया