हत्यामा संलग्न एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सप्तरीमा हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनरुप नगरपालिका-९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा उक्त दिन राहुल र पशुपतिसँगै रहेको अवस्थामा घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी भारतबाट लागूऔषध खरिद गरी अत्यधिक मात्रामा लागूऔषध सेवन गराई बेहोस अवस्थामा हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको खुल्न आएको छ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?