नगरप्रमुखको घरमा चोरी गरेको आरोपमा दुई पक्राउ

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखको घरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

नगरप्रमुख लालकिशोर साहको घरमा चोरी गरेको आरोपमा जनकपुर उपमहानगरपिलका ६ का २० वर्षीय बिक्की साह र वडा नम्बर ४ का २० वर्षीय किसन मण्डल पक्राउ परेका हुन् ।

मेयर साहको छोरीको विवाहका लागि ल्याइएको एक लाख मूल्य बराबरको विभिन्न खाद्य सामाग्री तथा अन्य सामग्रीहरु चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनामाथि चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?