एयर गनसहित एक जना पक्राउ

लोकपथ
35
Shares

सुनसरी । एयर गनसहित प्रहरीले एक जनालार्य पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की रहेका छन् ।

प्रहरीले उनको साथबाट १ थान एयर गनसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?