काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियानले आन्दोलनरत शिक्षकहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
रुपान्तरण अभियानमा जोडिएका बागमती प्रदेश भित्रका केन्द्रीय सदस्य, सभापतिहरु, पुर्व सभापतिहरु, प्रदेश कार्य समितिका पदाधिकारीहरु, विभाग प्रमुखहरु, तथा सदस्यहरुबीचको छलफलले शिक्षकको मागप्रति ऐक्यबद्धता जनाएको हो । म
‘शिक्षा सेवा आयोग लडेर तथा प्रतिस्पर्धा गरेर शिक्षक बनेका शिक्षित जमातलाई संघिय सरकार गैरजिम्मेवार बनी स्थानीय सरकारको मातहतमा शिक्षक रहने गरि संसदमा पेश भएको बिधेयक सरासर गलत र अनुचित छ। एउटै बिधालयमा पढाउने शिक्षकको तलवमान पनि अत्यन्तै अमिल्दो छ।शिक्षण पेसाको गरिमा कायम राख्न सबै पक्षको ध्यान जानु आवश्यक छ। आफुलाई पढाउने शिक्षक नै आफ्नो माग पूरा गराउन आन्दोलनमा सहभागी हुँदै गर्दा शिक्षा प्राप्त गर्न विधालायमा कुरेर बसेका करिब ७० लाख विधार्थीहरुको बालमष्तिस्कमा के असर पर्ला भन्ने कुरामा सबै दल र सरकार सबैको ध्यान जाओस् तसर्थ शिक्षण पेसाको गरिमा कायम राखी शिक्षकहरुको यो शान्तिपूर्ण आन्दोेलन आफ्नो हक–अधिकारको माग पूरा गर्न तथा मुलुकको समग्र विद्यालय तहको शिक्षा क्षेत्रको विकासका लागि फलदायी बन्न सकोस् । साथै सरकार र सम्वन्धित पक्षले समयमै मागलाई सम्बोधन गर्दै विद्यार्थीहरुको पढाइलाई अवरुद्ध हुनबाट जोगाउनु नै अहिलेको आवश्यकता हो भनी हामी नेपाली काँग्रेस रुपान्तरण अभियानकर्ताहरुको ध्यानाकर्षण भएको छ र सकारात्मक सोचकासाथ माग पूरा गरियोस ।’ रुपान्तरण अभियानले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया