सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा पठाउने तयारी गरेको संघीय निजामती सेवासम्बन्धी विधेयक दुई सातादेखि संसद्मा दर्ता नभई अलपत्र परेको छ । उक्त विधेयकप्रति आम कर्मचारी रुष्ट देखिएपछि कर्मचारी पनि आन्दोलित हुन सक्ने डरले गर्दा सरकारले उक्त विधेयक संसद्मा दर्ता गर्न नसकेको हो । गत भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया