काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने भएको छिन् ।
बुधवार दिउँसो हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेल आउने भएकी हुन् ।
होलिकोप्टरमा दुर्घटनामा निधन भएका ७ जनाकै शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीवार दिउँसो सेनाको एमआई १७ हेलिकोप्टरमार्फत हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याइएलगत्तै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगन्ज लगिएको छ ।
पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले टुँडिखेलमा आई मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
यसैगरी हेलिकोप्टर दुर्घटनमा मृत्यु भएका ७ जना मध्ये पर्यटनमन्त्री अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको छ ।
बाँकि पाँचजनाको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
होलिकोप्टरमा दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया