१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार

लोकपथ
0
Shares

यस वर्ष १० कर्मचारीले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् । पुरस्कृत हुनेमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव बुद्ध बहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का रहेका छन् ।
यसैगरी उपसचिव (कानुन) रामप्रसाद लम्साल, निर्देशक डुण्डीराज न्यौपाने, मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामा छन् ।
उनीहरुलाई शुक्रबार निजामती सेवा दिवसको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?