काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज नगरपालिका १७ घर भएको २५ वर्षीया जागिर अन्सारीलाई अवैध लागूऔषसहित प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट काठमाडौंमा आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बस चेकजाँच गर्ने क्रममा सोमवार बिहान डाईजोपाम १ सय ५२ एम्पुल, फेनारगन १ सय ५० र नोर्फिन १ सय ४८ एम्पुलसहित अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं चन्द्रगिरी नागरपालिका नागढुंगाबाट बुटवल उपमहानगरपालिका १२ घर भएका २५ वर्षीय किसन छन्त्याललाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनको साथबाट नाईट्रााभेट १७ ट्याब्लेट, डाईजापाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, नोर्फिन ४ एम्पुलसहित सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो । लुम्बिनीबाठ काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९९८५ नम्बरको बस चेकजाच गर्ने क्रममा छन्त्याललाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया