काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, उर्लाबारी नगरपालिका–९ चक्रेटोल बस्ने ६० वर्षीय कमान सिंह लिम्बु सोही ठाउँस्थित धानखेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बारा, कोल्हबी नगरपालिका–१ डेरा गरी बस्ने सिम्रौनगढ नगरपालिका–४ घर भएका ३० वर्षीय देव मुखिया बिन डेरा घर बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापा, भद्रपुर नगरपालिका–९ घोडामारा बस्ने सोमनाथ सिग्देलकी छोरी २ वर्षीया निर्जला सिग्देल सोही ठाउँस्थित नालीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सोही ठाउँस्थित केदारेश्वर शिव पञ्चायन मन्दिर अगाडि खेलिरहेकी उनी हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा खटिएको प्रहरीले स्थानियबासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै गोरखा, गोरखा नगरपालिका–११ बाह्रकिलो चोकस्थित पशु संकलन केन्द्रभित्र पालुङटार नगरपालिका खोरलाङ बस्ने ३५ वर्षीय अर्जुन नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङ, निलकण्ठ नगरपालिका २ र १४ स्थित पलाखु खोलामा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया