साँखु । लागूऔषध कारोवार गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागूऔषध कारोवार गर्ने दाजुभाईलाइ गोप्य सूचनाको आधारमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगर छन् । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले लागूऔषध कारोबार भइरहेको थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो ।
प्रहरीले मगरको कोठबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागूऔषध बरामद गरेको थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार लागूऔषध कारोबारी रहेको जानकारी आएपछि निजको कोठामा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयका छापसहित लागूऔषध बरामद गरेको हो ।
मगरको कोठाबाट प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित १८ थान मोबाइल, क्यामेरा एकथान, ल्यापटप एकथान र विभिन्न कार्यालय तथा सङ्घसंस्थाको १ सय ८९ वटा नक्कली छापहरु बरामद गरेको चन्दले जानकारी दिए ।
दाई सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित “टावी इन्टरनेशनल कन्सल्टेन्सी” भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए । उक्त जानकारी पछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो ।
कन्सल्टेन्सीमा छापा मार्दा भेटिएका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको नक्कली कागजात तथा छापहरु बौद्ध प्रहरीले बरामद गरेको छ । प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया