कांग्रेस संसदीय दलको बैठक : सांसद सुनिल शर्मा पक्राउ पर्नु आपत्तिजनक र अनुचित

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सांसद सुनिल शर्मा पक्राउ परेको घटनालाई आपत्तिजनक र अनुचित भनेका छन् ।

शुक्रबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुल्े सांसद शर्मा पक्राउ परेको घटनालाई पार्टीले अत्यन्त गम्भीर रुपमा लिनु पर्ने धारणा राखेका छन् । कतिपय सांसदले सांसद शर्माले सुन तस्करी प्रकरणमा उठाएको सवालको कारण पक्राउ गरिएको आरोप समेत लगाएका थिए । सांसदहरुले उठाएको सवाललाई संसदीय दलले गम्भीररुपमा लिएको र पर्सि आइतबार बस्ने बैठकले औपचारिक धारणा तय गर्ने भएको छ ।

उनले भने ‘ सुनिल शर्मा जीलाई पक्राउ गरिएको अवस्था छ , पक्राउ गरिएको विषयमा गम्भीर विचार आएको छ , यो पक्राउ आपत्तिजनक र अनुचित छ , अत्यन्त गम्भीररुपमा लिइएको छ । पर्सि पुनः बैठक बस्ने र यस विषयमा थप छलफल हुने हुने छ । नेपाली काँग्रेसको धारणा पर्सि सार्वजनिक गर्ने र कांग्रेसले यस्लाई गम्भीरतापूर्वक लिएको छ । ’

प्रमुख सचेतक लेखकले संसदीय दलको बैठकले बिभिन्न ४ वटा विषयमा निर्णय गरेको पनि बताए । उनले बाढी पहिरो र डुबान, लम्पी स्किन, डेङ्गु र आँखा पाक्ने रोग र तराई मधेशमा अल्पवृष्टिले पारेको असरका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति, राहत र उद्दारका लागि अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने ‘ अविरल बर्षाले ठूलो जनधनको क्षति भएको छ । जग्गा जमिनमा क्षति, पुगेको छ, सार्वजनिक सरकारी र निजी भौतिक संरचना नष्ट भएका छन्, सडक अवरुद्ध भएको खुल्ला गर्न, बाढी पहिरो र डुबानबाट पीडितलाई राहत, उद्दार सरकारसँग माग गर्ने निर्णय भएको छ, यस्तै लम्पी स्किनले ठूलो क्षति पुर्याएकोले किसान मर्कामा परेकोले उनीहरुलाई राहत दिन र प्रभावित पशुचौपायको उचपार गर्न पनि सरकारलाई आग्रह गर्ने भएका छौं,

यस्तै डेङगु र आँखा पाक्ने रोगको उपचारको व्यवस्था मिलाउन र तराई मधेशमा अल्पवृष्टिले असर पारेको र जलसतह घट्दा खानेपानीको अभाव बढेको तर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गर्ने भएका छौं । ’

यस्तै सांसद प्रदीप पौडेलले बैठकमा अवरुद्ध संसद विषय छलफल भएको र खुलाउने बारेको विकल्पमा पनि छलफल भएको बताए । उनले सुन तस्करी प्रकरणको छानविनमा सरकारी संरचनालाई अविश्वास गरेर भन्दा पनि संसदीय समितिहरुको अधिकार क्षेत्रबारे जानकारी लिएर सोही विषयमार्फत छानविन अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने ‘ संसदको गरिमा मर्यादा जुँगाको लडाईमा पिल्सिएको छ, उच्च स्तरीय छाननिव समिति नबनेसम्म नछाड्ने र अर्को बन्न नदिने भन्ने अडानले संसद संकटमा छ, तर प्रतिपक्ष र सत्ताबीच सहमति बन्यो भने संसदीय समितिमार्फत नै छानविन समिति बनाउन होकि भन्ने बिषयमा छलफल भएको छ । ’
सांसद पौडेलले पूर्व प्रधानमन्त्रीको नेतृत्वको पार्टीले संसद निरन्तर अवरुद्ध गर्न सुहाउने पक्ष पनि नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?