‘संसद अवरोधमा सत्ता पक्ष नै अघि सर्नु खेदजनक छ’

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद अवरोधमा सत्ता पक्ष नै अघि सर्नु खेदजनक भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिपक्षी सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न नदिएकोमा आपत्ति जनाउँदै संसद चल्न नदिन सत्ता पक्ष अघि सर्नु खेद जनक कुरा रहेको बताएका हु्न् ।

उनले भने, ‘आज प्रतिपक्षको सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न दिएनन् । संसद चल्न नदिने कुरामा अघि पनि र आज पनि सत्ता पक्ष नै अघि सरेको छ । यो भन्दा अगाडीको संसदहरुमा यस्तो देखेको थिएन यो अत्यन्तै दुःख लाग्दो र खेदजनक छ ।’
उनले सरकारलाई उच्चस्तरीय समिति गठन गर्न के ले रोक्यो भन्दै प्रश्न समेत उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?