फाष्टट्रयाक निर्माणमा सेनाको कामप्रति मन्त्री ज्वाला असन्तुष्ट

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको सडक विभागले दाबी गरेको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित आयोजनाको समिक्षा बैठकमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले, पूर्णरुपमा सन्तोषजनक नभएपनि अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा आयोजनाको प्रगति राम्रो रहेका बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, कायक्रममा राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

वर्षाै पहिले निर्माणका काम थालिएका योजनाहरु पटक पटक म्याद थप्दा पनि नसकिदा नागरिकमा गलत संदेश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका हुन् ।

‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एक पटक समिक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समिक्षा गर्ने चलन बसालौ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’

मन्त्री ज्वालाले नेपाली सेनाको ब्यवथापनमा निर्माणधिन काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको काम सोचेअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंसनीय कामहरु भइरहेका छन् तर फास्ट ट्रयाकको काम किन फास्टरुपमा हुन सकेन’ मन्त्री ज्वालाले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?