राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नुपर्छ : अर्थमन्त्री महत

लोकपथ
35
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरुको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।

उनले भने ‘राज्यले यसलाई प्राथमीकताका साथ अभिपे्ररित गर्नु पर्छ । महिलाहरुको निरन्तर समपर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरुलाई अगाडि बढाउनु पर्छ । सरकारले सम्पूर्ण रुपमा यो सफल गर्न सहयोग हुन्छ । ’

मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सिपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

महिलाहरुलाई आवश्यक परेको खण्डमा सहयोग गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?