शैक्षिक प्रमाणपत्रबारे छानबिनका लागि सांसद शर्मा पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले पुष्टि गरे ।

उनले भने ‘ उहाँ पक्राउ परेको कुरा साँचो हो । काठमाडौंबाट पक्राउ पर्नु भएको हो ।’ ‘शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।’ प्रवक्ता कडायतले भने ।

यसअघि, कांग्रेस नेता अजय बाबु सिवाकोटीले सामाजिक संजालमार्फत उनी प्रक्राउ परेको बताएका थिए । शिवाकोटीले शर्माको पक्राउबारे सरकारमाथि प्रश्न समेत उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?