दीपक मनाङेको यो हो चुनाव चिन्ह

मनाङ, ९ कात्तिक- मनाङको प्रदेश ‘ख’ मा एमालेको आधिकारिक उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् । टीका लगाएर एमालेमा प्रवेश गरेका दीपक मनाङे (राजीव गुरुङ)ले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए तर, उनलाई नै सघाउने भन्दै खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् । एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले लामाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन दीपकलाई हुने बताए । अब एमाले र माओवादीले मनाङेको चुनाव चिह्न ‘बालक’मा मतदान गर्नेछन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?