काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिती उत्सब नाम अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।
यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिती क्लिकको पाँच हजार रुपैंयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।
अफर अन्तराल भरि प्रत्येक पाँच दिन पश्चात् गोला प्रथा मार्फत दुई जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन् ।
विजेताहरूले प्रिती क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया