महेन्द्रनगरमा डिशहोम फईबरनेटको औपचारिक सुरुवात

लोकपथ
21
Shares
काठमाडाैं । डिश मिडिया नेटवर्क लि(डिश होम) ले महेन्द्रनगर-कंचनपुरमा डिशहोम फ़ाईबरनेट को औपचारिक सुरुवात गरेको छ।  डिशहोमका उपाध्यक्ष रमेश सापकोटा त्यस्तै, उज्जल न्यौपाने, बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल   र डिलरको तर्फबाट बब्लु भट्ट को उपस्थितिमा सम्पन्न भएको हो ।
२०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?