काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटर्लस नेपाललाई यो अवार्ड प्रदान गरिएको हो । बोटलर्स नेपाल(तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो ।
बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्समाथि गर्व गरेको छ । “बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयर होल्डरहरू लगायत सबै स्टेक होल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ ।
कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामीउत्प्रेरित रूपमापालना गर्छाै । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं, बोटर्लस नेपालले भनेको छ ।
उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतले आईक्यानद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया