काठमाडौं । लियो जिल्ला परिषद् ३२५ ‘जे’ नेपालको आयोजनामा भएको क्लब अफिसर्स स्कुलिङ (प्रशिक्षण कार्यक्रम) सम्पन्न भएको छ ।
जुलाई १ तारिकबाट लायन वर्ष २०२३र२४ को लागि चयन भएका लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव,सह–सचिव, र कोषाध्यक्ष र सह-कोषाध्यक्षको काम, कर्तव्य बारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण दिइएको हो ।
शनिबार लियो जिल्ला परिषद ३२५ जे नेपालको जिल्ला उपाध्यक्ष लियो सविन भट्टराईको सभाध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ जे नेपालका डिस्ट्रीक्ट क्याविनेट सचिव आर वि अधिकारी ज्युको प्रमुख आतिथ्यता तथा साउथ वोस्टन कलेजका सहायक क्यामपस चिफ् हरि सिंह केसी ज्युको विशिष्ट आतिथ्यता रहेको थियो ।
मुख्य वक्ताको रूपमा साउथ वेस्टर्न कलेजका सहायक क्याम्पस प्रमुख हरि सिंह केसी ज्युले नेतृत्व,युवा र समाजिक सेवा को बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ वि १ नेपालका पूर्व जिल्ला अध्यक्ष लियो लायन विप्लव सुवेदी ज्युले जिल्लाका बोर्ड सदस्यहरु, लियो जिल्ला परिषद ३२५ वि १ नेपालका पूर्व जिल्ला अध्यक्ष लियो प्रकाश थापा क्षेत्रीले क्लबका अध्यक्षरउपाध्यक्ष, लियो जिल्ला परिषद ३२५ जे नेपालका निवर्तमान जिल्ला अध्यक्ष लियो किरण थापा क्षेत्री ज्युले सचिव ,सह–सचिव ,लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला उपाध्यक्ष लियो ललान महतोले कोषाध्यक्ष ,सह(कोषाध्यक्षहरु र लियो जिल्ला परिषद ३२५ जे नेपालका जिल्ला अध्यक्ष लियो आवस दाहालले क्लबका बोर्ड सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।
जिल्लाका प्रवक्ता सुदीपराज फुँयालका अनुसार प्रशिक्षण कार्यक्रममा गोर्खा र काठमाडौंमा रहेका करिब १६ क्लबहरुबाट १०० जनाभन्दा बढी लियो क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संयोजन लियो क्लब अफ काठमाडौं उपत्यकाका अध्यक्ष लियो माधव फुयाँल एबम् अल लियो क्लब अफ काठमाडौंबाट भएको थियो । उक्त कायोर्यक्रममा लियो क्लब अफ काठमाडौं मिलनले उच्चतम सहभागिता पुरस्कार प्राप्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया