काठमाडौं । लतिा निवास प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको हो।
तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई जोरपाटीस्थित उनकै घरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।
सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको एसएसपी आचार्यले बताए ।
योसँगै हालसम्म यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया