गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई प्रराजित गरेकी हुन् ।
जम्मा खसेको २०७६ मत मध्ये सापकोटाले १११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत प्राप्त गरे ।
यस्तै संघको महासचिवमा रुविना शर्मासहित पुरै कार्यसमिति निर्विरोध भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्विरोध भएका हुन् ।
यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए ।
कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया