आन्तरिक उडानको भाडा भोलिबाट बढाउने संघको निर्णय

लोकपथ
42
Shares

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दैभाडादर भोलीबाट बढाउने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेकाले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादरमा नै मूल्य अभिवृद्धि कर मूल्य समायोजन गरी उठाइने बताएको छ । मूल्य अभिवृद्धि करमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?