सञ्चार सचिवसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्ण बहादुर राउत भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ ।

बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?