नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

लोकपथ
539
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं–१६, नयाँबजारका ५९ वर्षीय केशव तुलाधर रहेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी बनाइ अमेरिका पुर्याउने प्रकरणमा जोडिएका तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार साँझ पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले लोकपथलाई जानकारी दिए ।

‘फरार रहेका केशव तुलाधरलाई बुधबार साँझ सानो भर्याङबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।’ उनले भने ।

यसअघि नै सो प्रकरणमा पूर्व गृहमन्त्रीदेखि तत्कालिन गृहसचिव समेत पकाउ परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?