यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर

लोकपथ
420
Shares

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलबाट हेलिकोप्टरमा सवार ६ जनाकै शव संकलन गरिसकेको छ ।

हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

सोलुखुम्बुबाट कठमाडौंका लागि उडेको मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?