हेलिकोप्टर दुर्घटना अपडेट :  ६ जनाकै शव फेला 

लोकपथ
476
Shares

काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ ।

शव जलेको अवस्थामा भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।   हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

सोलुखुम्बुबाट कठमाडौंका लागि उडेको मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?