दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा को-को थिए सवार ?

लोकपथ
1.4k
Shares

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । लुक्ला नजिकै सुर्के भन्ने ठाउँबाट काठमाडौं उडेको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकै लामाजुरामा दुर्घटना भएको हो ।

होलिकोप्टरमा एकजना पाइलटसहित ६ जना यात्रु सवार रहेका थिए ।

हेलिकोप्टरमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

manang air2

उनीहरू सोमबार लुक्ला पुगेका थिए । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकोप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?