काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
सम्पर्कविहीन भएपछि हेलिकोप्टरको पाइलटसँग एक पटक भाइबरमा सम्पर्क भएको मनाङ एयरका प्रवक्ता राजु न्यौपानेले लोकपथलाई जानकारी दिए ।
‘केहीबेर अघि सम्पर्कविहीन भएपछि हामीले पाइलटलाई सम्पर्क गर्न खोज्यौँ, भाइबरमा उहाँले हेल्लो भन्नु भयो त्यसपछि फेरी सम्पर्क हुनसकेको छैन् ।’ प्रवक्ता न्यौपानेले भने ।
हाल अर्को हेलिकोप्टर पठाउने तयारी गरिएको पनि उनले जानकारी दिए ।
हेलिकोप्टरमा चालकसहित ६ जना यात्रु सवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया