वान एक्स वेट प्रकरण : बल्छी धुर्वे र राजुमास्टरसहित ८ जनाविरुद्ध मुुद्दा दायर

लोकपथ
371
Shares

काठमाडौं । वान एक्स वेटमा कारोबार र विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गर्दै अदालतमा अभियोग पत्र दायर गरिएको हो ।

वान एक बेट एपको विज्ञापन र सट्टेबाजी गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल, दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, पवन खतिवडा, सरोज घिमिरेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगामा मुद्धा दायर गरेको हो ।

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।

गत जेठ ३२ गते काठमाडौंबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

उनीहरुले उक्त एपमार्फत सट्टेबाजमा ७४ करोड १३ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?