तत्काल किसान परिचय पत्रको व्यवस्था गर्न सञ्जालको सरकारलाई आग्रह

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले तत्काल किसान वर्गिकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले, किसान वर्गिकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न र सो कार्डका आधारमा किसानलाई आवश्यक सुविधा उपलब्ध गराउन माग गरेको हो ।

‘मुलुकभर पशुवस्तुमा महामहारीको रुपमा फैलिएको लम्पि स्किन रोगको नियन्त्रण, रोगबाट पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र विमाको मुक्तानी यथाशिघ्र गरियोस्, मुलुकलाई आवश्यक पर्ने रासायनीक मलको व्यवस्थित गरियोस, किसानले सहजै प्राप्त गर्ने गरी आपूर्तिको व्यवस्था गरि मल वितरण प्रणालीलाई कडाइका साथ अनुगमन गरियोस् र गरी उक्त कार्डका आधारमा राज्यबाट किसानले पाउने सेवा सुविधाहरु सुनिश्चित गरियोस ’ राष्ट्रिय किसान सञ्जालले भनेको छ।

राष्ट्रिय किसान सञ्जालले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघका महासचिव शम्भु दुलालले किसान आन्दोलनलाई शसक्त बनाउनु पर्ने आवश्यकताको महशुस भएकोल कृषि तथा पशुपन्छी मन्त्रीलाई ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउन थालिएको बताए ।

उनले भने, ‘सबै किसान संघसंगठनको संयुक्त भूमिकाबाट देशको किसान आन्दोलनाई शसक्त रुपमा अगाढी बढाउनुपर्ने आवश्यकताको महशुस गर्दै राष्ट्रिय किसान सञ्जाललाई पूर्नगठन गरिएको छ । सञ्जालले आगामी कार्यदिशा तय गर्न कार्यशाला गोष्ठि गरी कार्ययोजना सहितको रणनीति तय गर्ने छ । किसान सञ्जालले किसान र कृषि क्षेत्रका समसामयीक समस्याका विषयमा आज मिति २०८० असार २२ गते कृषि तथा पशुपन्छी मन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो कामको पुनः शुरुवात गरेको छ ।’

उनले कृषिक्षेत्रमा संलग्न ५० प्रतिशत भन्दा बढी जनसंख्या विभिन्न समस्याले गर्दा कृषि पेशा छाड्ने वा विस्थापित हुनेक्रम बढ्दै गएको बताए । नेपाल जस्तो भूमि, जलस्रोत, जलवायु र मौसमको विविधता र ४० प्रतिशत युवा जनशक्ति भएको देश कृषि उत्पादनमा आत्मनिर्भर बन्न नसक्नु दुःखद विषय भएको पनि उनको भनाई छ ।

उनले भने, देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान र संलग्न जनसंख्याको आधारलाई हेर्दा यसक्षेत्रको बजेटको अनुपात अत्यन्तै न्यून रहेको छ । नेपाल जस्तो भूमि, जलस्रोत, जलवायु र मौसमको विविधताले पूर्ण एवम् ४० प्रतिशत युवा जनशक्ति भएको देश कृषि उत्पादनमा आत्मनिर्भर पनि हुन नसक्ने अवस्था हुनु दुःखद विषय हो ।

उनले देशको कृषि क्षेत्रको वर्तमान अवस्थालाई हेर्दा परम्परागत निर्वाहमुखी खेती प्रणालीबाट आधुनिक, व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख सङ्क्रमणकालीन अवस्थामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?