काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले प्रतिपक्षले राजीनामा माग गर्ने र प्रधानमन्त्रीले राजीनामा दिदैँ हिन्ने परम्परा कुनै पनि मुलुकमा नभएको तर्क गरेकी छिन् ।
प्रतिपक्ष नेकपा एमाले संसदमा पुर्याएको गतिरोध फुकाउने विषयमा सरकारको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्रीसँग स्पष्टिकरणको माग गर्नुपर्ने अवस्थामा बोल्नु आवश्यक छैन् भन्दै राजीनामा माग गर्नु गलत भएको तर्क गरिन् ।
उनले भनिन्, ‘त्यो विषय उठाएर संसद अवरुद्ध गरेर प्रधानमन्त्रीले बोलेको कुरा स्पष्ट पार्ने मागसहित होईन्, प्रधानमन्त्री बोल्नु आवश्यक छैन्, प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्ने ढ्ङ्गको एउटा नियोजित जस्तो जुन माग देखा परेको छ त्यसप्रति सरकार गम्भीर भएको छ । प्रधानमन्त्रीले के बोल्न खोजेको हो, त्यो स्पष्ट पारियोस् भनेर भनेको भए हुन्थ्यो तर विपक्षले राजिनामा माग गर्ने प्रधानमन्त्रीले राजिनामा दिदैँ हिन्ने कुनै पनि मुलुकमा यो परम्परा छैन् । ’
उनले सरकार भ्रष्टाचारको विरुद्धमा लागेको देख्दा धेरै जनाको टाउको दुखेको भन्दै कुनै व्यक्तिप्रति राखेको सकारात्मक कुरालाई लिएर संसद अवरुद्ध गर्न नहुने बताईन्। मन्त्री शर्माले मिटरब्याजी जस्तो महत्वपूर्ण विषयलाई संसदमा उठाउनु पर्ने अवस्थामा जुन किसिमको व्यवहार संसदमा भयो त्यो न्यायप्रेमि जनताको लागि दुखको कुरा भएको बताईन् ।
उनले जस्तो परिस्थिति आएपनि सरकारले मिटरब्याजी पीडितहरुलाई न्याय दिएरै छोड्ने दाबी गरेकी छिन् ।
उनले भनिन्, ‘मिटरब्याज पीडितहरुलाई न्याय दिने काम एकदमै महत्वपूर्ण काम हो र त्यसको लागि काम भएको छ र न्याय पाउने क्रममा छ । यस्तो महत्वपूर्ण विषयलाई संसद प्रवेश गराउने विषयमा जुन किसिमको व्यवहार भयो संसदमा त्यो न्यायप्रेमि जनताको लागि दुखको कुरा हो । सरकार मिटर ब्याजीहरुलाई न्याय दिएरै छोड्छ । ’
यसको साथै उनले आज संसदमा प्रधानमन्त्रीले आफ्नो कुरा राख्न माग गरेको र प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिएपछि अगाडी बढ्ने बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया