काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ कार्यसमितिका लागि महाधिवेशन हुँदैछ ।
असार २३ गते हुने महाधिवेशमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला भिन्नाभिन्नै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका तयारी गरेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका बस्नेत नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिने भएका छन्। दुलाल र बस्नेत वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।
यसैगरी बस्नेत नेतृत्वको प्यानलबाट महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने भएका छन्। सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
कार्यसमिति सदस्यको उम्मेदवारमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेत प्यानलभित्र अटाएका छन्।नयाँ कार्यसमितिका लागि सहमतिका लागि भएको प्रयास विफल भएपछि दुवै पक्ष प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका हुन्।
वर्तमान महासचिव निरौला नेतृत्वको अर्को प्यानल मैदानमा उत्रिएको छ । अध्यक्ष निरौला रहेको प्यानलको उपाध्यक्षमा अमितबाबु ढुंगाना, वर्तमान कार्यसमितिका सचिव उमेश कुशवार र दीपक सिलवालले उम्मेदवारी दिने भएका छन्।
निरौला नेतृत्वको प्यानलबाट महासचिवमा छविन्द्र ओझा, सचिवमा पृथ्वीबहादुर चन्द र इन्द्रजित गौतम, कोषाध्यक्षमा दीपेन्द्र पोखरेल, सह–कोषाध्यमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन्।
सह–कोषाध्यक्षमा उम्मेदवारी दिएका पुडासैनी लामो समय जापान बसेर नेपाल फर्किइ चुकी कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् । जापानमा रहेर लामो समय काम गरि त्यहाँका विद्यार्थीहरुको समस्याका सारथी बनेका थिए । त्यसो त नेपालमै रहेर पनि जापानमा बसेका विद्यार्थीहरुको समस्यासँग जुधिरहेका छन् ।
कोरोना कालमा जापानका कलेजहरुसँग समन्वय भीएफएक्स जापानको समस्या समाधानसहित एनओसी बन्द हुँदाको अवस्थामा संस्थागत र व्यक्तिगत पहलमा समस्या समाधानको पहल गरेका थिए ।
आफूले लामो समय शैक्षिक परामर्शको क्षेत्रमा काम गरेको कारण आफ्नो उम्मेदवारी रहेको बताए । ‘यही क्षेत्रमा रहेर लामो समय काम गरियो । आफैँ लामो समय वैदेशिक रोजगारी गरेर फर्किएको कारण पनि त्यसभित्रका समस्याहरुबारे परिचित छु ।’ पुडासैनीले भने, ‘समय सापेक्ष रुपमा नीति निर्माण र सहजताका लागि म लागि पर्नेछु ।’
यस्तै सदस्यमा रोसन खरेल, सञ्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, एलिजा गौतम, सुनिता पाण्डेले उम्मेदवारी दिने भएका छन्। दुई जना सदस्यका उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ।
बस्नेतले यसअघि फेकन उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। निरौलाले फेकनको सचिव र महासचिव पदमा निर्वाचित भई आफ्नो कार्यकाल पूरा गरेका छन्।
सहमतिको प्रयासमा जुटेका व्यक्ति नै प्यानलमा बसेपछि सहमतिको प्रयास विफल भएसँगै दुई पक्षबीच प्रतिपष्र्धा हुन लागेको हो ।
यसअघिको महाधिवेशनमा पनि दुई प्यानलबीच नै प्रतिस्पर्धा भएको थियो। दुई प्यानलबाहेक वर्तमान कार्यसमिति सदस्यहरू रेशमा राजथला थापाले उपाध्यक्षमा, सुदेश पोखरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
फेकनमा यसअघिका अध्यक्ष युवराज कटुवालले अध्यक्षका उम्मेदवार निरौलालाई समर्थन गरेका छन् भने वर्तमान कार्यसमितिका अध्यक्ष वसुदेव नेपालको समर्थन बस्नेत पक्षलाई देखिएको छ । फेकनको विधानमा अध्यक्षसहित तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सात जना सदस्य निर्वाचनबाट र दुई सदस्य मनोनित गरी १८ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया