धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

लोकपथ
84
Shares

गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उहाँलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अन्य दुईजनाको अवस्था भने सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?