काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी सन्विज्ञाको साहलाई अपहरण गर्ने मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई काठमाडौं ल्याउँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका साहबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्र्वजनिक गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।
साहले बालिकालाई गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए ।
प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै जनकपुरबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया