‘फेकन’को ९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

साधारण सभा माघ १८ गते काठमाडौंको होटल अन्नपूर्णमा सम्पन्न भएको हो । साधारण सभामा फेकनको विधान संशोधन गर्नुका साथै निर्वाचन आचारसंहिता निर्माण गरेको छ ।  

संस्थाले सातवटै प्रदेशमा शाखा विस्तार गर्नुका साथै जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययन गर्न विदेश पठाउने संस्थाका महासचिव भुपाल तामाङले जानकारी दिए ।  

‘शिक्षण संस्थाका पुस्तकालय निर्माणमा सहयोग गर्नेछौं,’ कार्यक्रममा बोल्दै महासचिवले तामाङ भने, ‘त्यस्तै विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई संस्कृति तथा पर्यटन मन्त्रालयसँग समन्वय गरी पर्यटन प्रवद्धनमा टेवा पु-याउने छौं ।’

भविष्यमा बिभिन्न शिक्षण संस्थाका पुस्तकालय निर्माणमा सहयोग गर्नुका साथै विद्यार्थी तथा अभिभावकका लागि स्थानिय शिक्षण संस्थाहरुको समन्वयनमा विज्ञद्वारा जीवन उपयोगी शिक्षाको परार्मश प्रदान गर्ने फेकनको तर्फबाट तामाङले प्रतिब्द्धता जनाए । 

फेकनमा अहिले १ सय ६० जना भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् । फेकनको  साधारण सभामा  शिक्षा क्षेत्रका विज्ञहरु, शिक्षा विभागका प्रतिनिधि, वरिष्ठ पत्रकार लगायतको सहभागिता रहेको थियो ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?