हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएसागै अस्पतालले डिस्चार्ज गरेको छ ।
पारसलाई लिन उनकी बहिनी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत आफन्तहरु अस्पताल पुगेका थिए ।
आइतबार दिउँसो गम्भिर प्रकारको हृदयघात भएकोमा उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो ।
उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको अस्पतालले जनाएको छ ।
तर उनलाई अस्पतालले यहि साता फलोअपमा बोलाएको छ ।
पारसलाई २०६३ सालमा पहिलोपटक, ०७२ सालमा दोश्रो पटक र गएको आइतबार तेश्रो पटक हृदयघात भएको हो ।
पटक पटकको हृदयघातका कारण पारसको मुटु निकै कमजोर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया