नेकपाले अन्याय गर्यो भन्दै कम्युनिष्ट नेता कांग्रेसमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी नेता योगलाल गौतम र दिपक चौलागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुद्धिजिवि संगठनका केन्द्रिय सदस्य तथा प्राध्यापक संगठनका केन्द्रिय सदस्य, रामेछापका बौद्धिक व्यक्तित्व, सुनापाती गापा -१ गुन्सिभदौरेका योगलाल गौतम र नेकपा माओवादीका पुर्व एरिया इन्चार्ज दिपक चौलागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।  

शुक्रबार बिहान नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहको सम्पर्क कार्यालयमा एक कार्यक्रमका बिच उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नेता सिंहको हातबाट टिका तथा सदस्यता ग्रहण गरि गौतम र चौलागाईं नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रत्नहरी ढुंगेल ले बताए ।

उहाँहरुलाई नेपाली कांग्रेसमा रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी , भरत प्रसाद चौलागाईं , बिनिता खड्का , रामेछाप प्रदेश सभा 'ख' तर्फका कांग्रेस उमेदवार जित ब. मगर , कांग्रेस नेता वेदराज लामा , होमनाथ गौतम कमल, सुर्य चौलागाईं भिम गौतम लगाएतले स्वागत गर्दै उज्ज्वल राजनीतिक भबिस्यको कामना गरेका छन् ।

पार्टी प्रबेश गर्दै गौतमले भने, ''नेकपाले जनतासामु बोल्छ एउटा गर्छ अर्को भन्दै अहिलेको कम्युनिष्ट सरकार न कम्युनिष्ट न  प्रजातान्त्रिक यो त गन्तव्यबिहिन, सिद्धान्तबिहिन छ अब नेपालीको चाहना बमोजिम यो देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ त्यसैले हामी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गर्यौँ ।'' 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?