क्लब डेजाभूका सञ्चालकको ठगी धन्दा : काठमाडौं परिसरका एसएसपी लामा मुछिए

काठमाडौं-दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरू खुलेआमरूपमा बजारमा हिँडिरहेका छन्।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीकोमा गएको भए पनि प्रहरीले भने झुलाउने र अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता नगरेको पाइएको छ।

प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउपुर्जी जारी गरेको भए पनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन्। क्लब डेजाभूका हालका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ, समीप सिलाकार, मनिस राजभण्डारी, रमन सिलाकार, मएङ खड्कालगायतको टोलीसँग मिलेर एसएसपी लामाले उक्त केसलाई डिसमिस गर्न खोजको आरोप लागेको छ।

सो क्लबले चर्चित डिजे मार्स मेलोलाई नेपाल ल्याउने भन्दै पैसा उठाएर नल्याएपछि सो क्लबमा तोडफोड कारण क्लब बन्द भएको थियो। प्रहरीले उक्त घटनामा संलग्न रहेका विरुद्ध मुद्दा चलाएको थियो। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?