विराटनगर विमानस्थलबाट नेकपा प्रवक्ता प्रकाण्डका छोरा पक्राउ, गोली भेटियो

विराटनगर – नेकपाका  प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा पक्राउ परेका छन् ।
प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्।

कालीकोटका उनको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको जनाइएको छ  ।

नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५ बजेर ५५ को फ्लाइटमा काठमाडौं आउनै लाग्दा उनी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेको पुष्टि गरेपनि प्रकाण्डकै छोरा भएकोबारे भने खुलाएनन् ।

विप्लव नेतृत्वको नेकपाले देशभर उच्छृङ्गल गतिविधि गर्दै आएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?