काठमाडौंँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गडबड गर्ने र कानून मिच्ने उद्योगीसँग सरकारले कुनै काममा सहकार्य नगर्ने बताएका छन् ।
खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल सिमेन्ट उद्योग सङ्घको आयोजनामा आज काठमाडौँमा आयोजित अन्तरक्रियामा मन्त्री यादवले भने, “कानून मिच्नेसँग कुनै काममा सहकार्य हुँदैन, बरु समस्या आपसी छलफलबाट समाधान गरौँ त्यसका लागि म तयार छु ।”
उद्योगधन्दाको विकास नगरी देश विकास सम्भव नभएको उल्लेख गर्दै उनले कानून मिच्नेलाई स्वयं व्यावसायिक सङ्गठनले नै कारवाही गर्नुपर्नेमा जोड दिए । उनले भने, “सरकारलाई कानूनको डण्डा चलाउने मौका नदिनुहोस्, गलत गर्नेलाई आफ्नै सङ्गठनबाट कारवाही गर्नुहोस् ।” विगतमा जे भए पनि पछिल्लो समयमा सरकारको ध्यान उद्योगीलाई दुःख दिने नभई उद्योगको विकास गर्ने कुरामा लक्षित रहेको जानकारी दिँदै मन्त्री यादवले उद्योगी सोचको विकास गर्न व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल सिमेन्ट उद्योग सङ्घ अध्यक्ष ध्रुवराज थापा, खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरे र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रस्तुत गरेको कार्यपत्रमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया