काठमाडौं । नेपाल चिकित्सक संघले भोलि सांकेतिक आन्दोलन गर्ने भएको छ ।
बिहीवार संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल चिकित्सक संघले भोलि (शुक्रवार) एक दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने बताएको छ ।
साथै डा. केसीको जीवन रक्षाका लागि सरकारले गरेको बेवास्ताका कारण चिकित्सक संघ स्तब्ध भएको बताएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षार्थ नेपाल चिकित्सक संघले देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा संचालन गरेको रिलेअनसन लगायतका कार्यक्रमलाई बेवास्ता गरिएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।’
यसैगरी अनसनको २३ दिन बितिसक्दा पनि सरकारले डा. केसीको जीवन रक्षाका निम्ती कुनै चासो व्यक्त नगरेको प्रति चिकित्सक सघंले घोर भत्र्सना गरेको छ ।
‘सत्याग्रहको २३ औं दिन भईसक्दा समेत नेपाल सरकारले डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पनि चासो व्यक्त नगर्नु, हाम्रो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पु-याउने कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिसहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया